कूर्मासन
                        कूर्मासन
कूर्मासन दुई शब्द मिलेर बनेको छ – कूर्म अर्थात कछुवा र आसन अर्थात मुद्रा । 
विधि
- दुवै खुट्टा फैलाएर चकटीमा बस्नुहोस् ।
 - जति सकिन्छ खुट्टाहरु बीचको दुरी फैलाउँदै लैजानुहोस् ।
 - शिरलाई अगाडि झुकाउँदै आफ्ना दुवै हातलाई घुँडाको मुनिबाट लैजानुहोस् ।
 - सम्पूर्ण शरीरलाई झुकाउँदै आफ्नो चिउँडोलाई जमिनमा टेकाउनुहोस् ।
 - दुवै हात र खुट्टालाई सिधा राखेर बाहिरतिर खिच्नुहोस् ।
 - केही समय यो अवस्थामा रहेर बिस्तारै हात र खुट्टालाई खोल्दै शरीरलाई माथि उठाउनुहोस् ।
 
  
लाभ
- कूर्मासनले तनाव कम गर्दछ ।
 - साधकलाई कुण्डलिनी जागरण गर्न मद्दत गर्दछ ।
 - एकाग्रता बढाउँछ ।
 - पेटको बोसो घटाउन मद्दत गर्दछ ।
 - मेरुदण्डलाई लचिलो बनाउँछ ।
 
     
सावधानी
- कूर्मासन उच्च रक्तचापको बिरामीले गर्न हुँदैन ।
 - घुँडा, कम्मर र मेरुदण्डमा दुखाई भएको व्यक्तिले योग्य शिक्षकको सल्लाह लिएर मात्र गर्नुपर्दछ ।