गोमुखासन
                        गोमुखासन
गोमुखासन तीन शब्द मिलेर बनेको छ – गो अर्थात गाई मुख अर्थात मुहार र आसन अर्थात मुद्रा । यो आसन गर्दा गाईको मुखको जस्तो आकृति बन्दछ । 
विधि
- बज्रासनमा बस्नुहोस् ।
 - दायाँ खुट्टालाई बायाँ जाँघको माथिबाट लगेर जमिनमा टेकाउनुहोस् ।
 - बायाँ खुट्टालाई खोलेर कटीको भागलाई जमिनमा राख्नुहोस् ।
 - दायाँ हातलाई काँध माथिबाट पछाडि लैजानुहोस् र बायाँ हातलाई तलबाट पछाडि लगेर एक अर्काको औँला समाउनुहोस् ।
 - यस आसनमा केहीबेर बसेर १०–१५ पटकसम्म रेचक–पुरक गर्नुहोस् ।
 - बिस्तारै हातलाई खोलेर पूर्व अवस्थामा आउनुहोस् ।
 
लाभ
- यो आसनले आस्थमाको बिरामीलाई रोग कम गर्न मद्दत गर्दछ ।
 - मेरुदण्ड सिधा राख्न सहयोग गर्दछ ।
 - कम्मर दुखाई कम गर्दछ ।
 - मधुमेह रोगलाई सन्तुलित राख्दछ ।
 
सावधानी
- काँध, गर्धन र घुँडामा दुखाई छ भने यो आसन नगर्नुहोस् ।
 - मेरुदण्डमा समस्या भएमा पनि यो आसन गर्न बर्जित छ ।