सर्वाङ्गासन
                        सर्वाङ्गासन
सर्वाङ्गासन तीन शब्द मिलेर बनेको छ – सर्व अर्थात सबै अङ्ग अर्थात शरीर र आसन अर्थात मुद्रा । 
विधि
- ढाडको बलमा जमिनमा उत्तानो सुत्नुहोस् ।
 - खुट्टा जोड्नुहोस् र हातलाई तिघ्राको दुवैतर्फ जमिनतिर फर्काएर राख्नुहोस् ।
 - बिस्तारै स्वास तान्दै दुवै खुट्टालाई एकैसाथ बिस्तारै ९० डिग्रीसम्म उठाउनुहोस् ।
 - कुहिनाले टेक्नुहोस् र हातको सहायताले कम्मरलाई पनि उठाउनुहोस् ।
 - तपाईँको दृष्टि खुट्टाको बुढी औँलामा हुनुपर्दछ ।
 - केही क्षण यस अवस्थामा बसेपछि हातलाई जमिनमा राख्दै पहिला ढाड र फेरि खुट्टालाई जमिनमा टेकाउनुहोस् ।
 - केही बेर आराम गरेर फेरि यो प्रकृयालाई ३ पटकसम्म दोहो¥याउनुहोस् ।
 
लाभ
- थाईराईडलाई सक्रिय बनाउँछ ।
 - बच्चाहरुको उचाई बढाउन उपयोगी हुन्छ ।
 - श्वास–प्रश्वासमा सुधार गर्दछ ।
 - शरीर र मनलई शान्त गराई एकाग्र राख्न मद्दत गर्दछ ।
 
सावधानी
- यो आसन योग्य शिक्षकको निगरानीमा मात्र गर्नुपर्दछ ।
 - घाँटीको समस्या भएको, हाड खिईएको, पिनाँस, हृदय रोग र उच्च रक्तचापका बिरामीले यो आसन गर्नुहुँदैन ।