बज्रासन

बज्रासन

बज्रासन दुई शब्द मिलेर बनेको छ – बज्र अर्थात् कठोर र आसन अर्थात् मुद्रा । शरीरमा रक्त प्रभाव सन्तुलित राख्न र पाचन शक्ति बढाउन बज्रासन उत्तम आसन हो । 

विधि
१) खुट्टाहरुलाई मोडेर घुँडाको बलमा बस्नुहोस् । 
२) खुट्टाको पञ्जाहरुलाई पछाडितिर लैजानुहोस् र अँगुठालाई एक दास्रोमा क्रस राख्नुहोस् । 
३) बिस्तारै आफ्नो शरीरलाई यसरी तल लैजानुहोस् कि तपाईँको हिप्सको भाग ऐडीहरुमा आरामले बसोस् । 
४) आफ्नो हातलहरुलाई घुँडामा राख्नुहोस् र मेरुदण्ड र शिरलाई सिधा राख्नुहोस् । 
५) आफ्नो ध्यानलाई स्वासमा राख्नुहोस् । बिस्तारै आएको गएको स्वासलाई ख्याल गर्नुहोस् । 
६) आँखाहरुलाई बन्द गर्नुहोस् र मनलाई अरु कुराबाट हटाएर केवल बाहिर भित्र गरिरहेको स्वासलाई ख्याल गर्नुहोस् । 
७) यो आसनलाई सुरुवातमा ५–७ मिनेट गरेर बिस्तारै आधा–एक घण्टासम्म गर्न सकिन्छ । 

लाभ

  • यो आसनले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्दछ । 
  • कब्जियतको समस्या निराकरण गर्दछ ।
  • अल्सर र एसिडिटीको समस्या ह लगर्दछ । 
  • मेरुदण्ड बलियो हुन्छ र कम्मरको दुखाई कम गर्न मद्दत गर्दछ ।
  • ध्यान गर्नको निमित्त यो आसन उपयुक्त हुन्छ ।

 

सावधानी

 

  • घुँडाको समस्या हुने व्यक्तिले धेरै बेरसम्म यो आसनमा बस्नु हुँदैन । 
  • यदि तपाईँलाई अल्सर, हर्निया वा आँतको समस्या छ भने योग्य शिक्षकको निर्देशनमा मात्र यो आसन गर्नुपर्दछ ।