भुजङ्गासन

यो आसन दुई शब्द मिलेर बनेको छ – भुजङ्ग अर्थात् सर्प र आसन अर्थात् मुद्रा । यो आसन गर्दा शरीरको आकृति सर्पको जस्तो हुन्छ ।

विधि

१) सबैभन्दा पहिला पेटको बलमा सुत्नुहोस् । 
२) हातलाई काँधको बराबरमा ल्याएर पञ्जाको बलमा राख्नुहोस् ।
३) दुवै खुट्टालाई तन्काउनुहोस् र दुई खुट्टाको बीचमा आधा फिटजतिको दुरी राख्नुहोस् ।
४) बिस्तारै लामो स्वास तान्दै शरीरको नाभी भन्दा माथिको भागलाई हातको बलमा उठाउनुहोस् । 
५) यस आसन गर्दा आकाशतिर हेर्नुहोस् । 
६) आफूलाई अप्ठ्यारो नहुने समयसम्म स्वास रोकेर रहनुहोस् । 
७) बिस्तारै स्वास छोड्दै शिरलाई जमिनतिर ल्याएर पूर्व अवस्थामा आराम गर्नुहोस् । 
८) यो आसनलाई कम्तिमा तीन पटकसम्म गर्नुहोस् । 

लाभ

  • यो आसनले पेट घटाउन मद्दत गर्दछ । 
  • फोक्सो बलियो बनाउँछ ।
  • काँध र गर्धनको दुखाई कम गर्दछ ।
  • पाचन प्रणाली सन्तुलन राख्दछ । 

 

सावधानी

  • यो आसन योग्य शिक्षकसँग सिकेर गर्नुपर्दछ ।
  • महिलाले महिनावारी र गर्भवती भएको बेलामा गर्नुहुँदैन ।
  • उच्च रक्तचाप भएको व्यक्तिले स्वासको गतिलाई नरोकिकन गर्नुपर्दछ ।