पद्यासन

पद्यासन

यो आसन दुई शब्द मिलेर बनेको छ – पद्य अर्थात् कमल र आसन अर्थात् मुद्रा । यो आसन नियमित गर्नाले साधक कमल जस्तै पूर्ण रुपमा फक्रिन सक्दछ । 

विधि

१) सुखासनमा बस्नुहोस् । 
२) मेरुदण्डलाई सिधा राख्नुहोस् । 
३) दायाँ घुँडालाई मोडेर बायाँ जाङ्गमा राख्नुहोस् । 
४) यसैप्रकार बायाँ घुँडालाई मोडेर दायाँ जाङ्गमा राख्नुहोस् । 
५) दुवै हातलाई घुँडामा राखेर ध्यान मुद्रामा बस्नुहोस् । 
६) शिर र मेरुदण्ड सिधा राख्नुहोस् । 
७) धेरै समय अभ्यास गरेर यस आसनमा हलचल नगरी कम्तिमा एक घण्टासम्म बस्न सक्ने अभ्यास गर्नुहोस् । 

लाभ

  • यो आसनले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्दछ । 
  • रक्तचाप नियन्त्रण गर्दछ । 
  • मनलाई शान्त राख्दछ ।
  • गर्भवती महिलाको प्रसवमा सहायता गर्दछ ।
  • ध्यान गर्दा शरीर र मनलाई सन्तुलित राख्दछ । 

   

सावधानी

  • यो आसन विशेष घुँडाको चोट भएको व्यक्तिले गर्नुहुँदैन ।