वृश्चिकासन
                        वृश्चिकासन
वृश्चिकासन दुई शब्द मिलेर बनेको छ – वृश्चिक अर्थात बिच्छु र आसन अर्थात मुद्रा । 
विधि
- आफ्नो हात र घुँडालाई जमिनमा राख्नुहोस् ।
 - हातलाई कुहिनाको बलमा जमिनमा राख्नुहोस् र दायाँ हातले बायाँ हातको कुहिना र बायाँ हातले दायाँ हातको कुहिना समाउनुहोस् ।
 - शरीरलाई सन्तुलित राख्दै शिर्षासनको मुद्रामा लैजानुहोस् ।
 - खुट्टाको औँलाहरुलाई बाहिरतिर राख्दै खुट्टालाई शिरतिर लैजानुहोस् ।
 - यस अवस्थामा २० देखि ३० सेकेण्डसम्म रहेर बिस्तारै खुट्टालाई जमिनतर्फ लगेर पूर्व अवस्थामा फर्किनुहोस् ।
 
लाभ
- शरीरको सहनेशक्ति बढाउन मद्दत गर्दछ ।
 - हात, खुट्टा र पेटलाई बलियो बनाउन धेरै उपयोगी हुन्छ ।
 - स्मरणशक्ति र एकाग्रता बढाउँछ ।
 - चिन्ता र तनाव व्यवस्थापन गर्न सहयोग गर्दछ ।
 
सावधानी
- वृश्चिकासन योग्य शिक्षकको निर्देशनमा मात्र शुरु गर्नुपर्दछ ।
 - ढाड, कम्मर, मेरुदण्ड, उच्च रक्तचाप, हृदयरोग आदि रोग भएका बिरामीले यो आसन गर्न निषेध छ ।
 - यो आसन खाली पेटमा मात्र गर्नुपर्दछ ।