वीरभद्रासन

वीरभद्रासन

भगवान् शिवको गण वीरभद्रको नाममा यो आसन नामाकरण गरिएको हो । यस आसनलाई योद्धाहरुको आसन पनि भनिन्छ । जो शरीरमा बल र स्फूर्ति चाहन्छन्, उनीहरुले वीरभद्रासन गर्नुपर्दछ । 

विधि
१) ताडासनको मुद्रामा उभिनुहोस् । 
२) खुट्टाको बीचमा तीन देखि साढे तीन फिट दुरी राख्नुहोस् ।  
३) दाँयाँ पैतालालाई ९० डिग्री र बाँयाँ पैतालालाई १० डिग्री मोड्नुहोस् । 
४) दाँयाँ ऐडीलाई बाँयाँ खुट्टाको सिधा नभएको भए मिलाउनुहोस् । 
५) दुवै हातलाई माथि आकाशतिर उठाएर जमिनसँग समानान्तर बनाउनुहोस् । 
६) दुवै हातको हत्केलालाई शिरको माथि लगेर आपसमा जोड्नुहोस् । 
७) स्वास तान्दै शिरलाई पछाडितिर झुकाउनुहोस् र माथितिर हेर्नुहोस् । 
८) यस अवस्थामा केहीबेर रहनुहोस् र स्वास छोड्दै हातलाई तल झार्नुहोस् । 
९) यो प्रकृयालाई बाँयाँ पैताला अगाडि राखेर फेरि दोहो¥याउनुहोस् । 

लाभ

  • यो आसनले तागत र आत्मविश्वास बढाउँछ ।
  • घुँडा र गोलीगाँठोलाई लचिलो बनाउँछ ।
  • घाँटी र काँधको वरिपरिको दुखाई कम गर्दछ । 
  • थेरापीको रुपमा काम गर्दछ ।

  
सावधानी

  • यो आसन बिहान खाली पेटमा गर्नुपर्दछ । 
  • उच्च रक्तचाप भएको बिरामीले गर्नुहुँदैन ।
  • काँधमा समस्या भएको व्यक्तिले हात माथि उठाउनुहुँदैन ।