शिर्षासन

शिर्षासन

शिर्षासन दुई शब्द मिलेर बनेको छ – शिर्ष अर्थात् शिर र आसन अर्थात् मुद्रा । शिर, पेट र हातको बलमा दुवै खुट्टा माथि राखेर यो आसन गरिन्छ । यो आसनलाई आसनहरुको राजा पनि भनिन्छ । 

विधि

१) बज्र आसनमा बस्नुहोस् । 
२) अगाडि झुकेर दुवै हातका कुईनालाई जमिनमा टेकाउनुहोस् । 
३) दुवै हातका औँलाहरुलाई आपसमा जोड्नुहोस् ।
४) अब शिरलाई दुवै हातको बीचमा राख्नुहोस् । 
५) बिस्तारै पैतालालाई शिरतिर खिचेर त्रिकोण मुद्रा बनाउनुहोस् । 
६) हात, पेट र शिरको बलले दुवै खुट्टालाई आकाशतिर उठाउनुहोस् । 
७) पिठ्यूँ र जमिनको बीच नब्बे डिग्री कोण बन्दछ । 
८) खुट्टालाई आकाशतिर तन्काउनुहोस् र यस आसनमा केही बेर रहनुहोस् । 
९) बिस्तारै घुँडालाई खुम्चाउँदै खुट्टालाई तल झार्नुहोस् । 
१०) फेरि बज्र आसनमा बस्नुहोस् । 

लाभ

  •  हात, खुट्टा र रिडको हड्डी बलियो बनाउँछ । 
  •  फोक्सोको कार्यकौशलता बढाउँछ ।
  • पाचन प्रणलीमा सकारात्मक असर पार्दछ ।
  • यो आसनले अस्थमा, बाझोपन र अनिद्राको समस्या कम गर्न मद्दत गर्दछ ।

 

सावधानी

  • यो आसन योग्य शिक्षकको परीक्षण र निगरानीमा मात्र गर्नुपर्दछ ।
  • गर्धनमा चोट, शिर दुख्ने समस्या, हृदय रोग, उच्च रक्तचाप भएको व्यक्तिले यो आसन गर्नुहुँदैन ।
  • यो आसन गरिसकेपछि बालासन गर्नुपर्दछ ।