ताडासन

ताडासन
ताडासन दुई शब्द मिलेर बनेको छ – ताड अर्थात पर्वत र आसन अर्थात मुद्रा ।
विधि

  • खुट्टाको बलमा सिधा उभिनुहोस् । 
  • बिस्तारै स्वास तान्दै दुवै हातलाई बाँधेर शिरको माथि लैजानुहोस् ।
  • दुवै एडीलाई उठाउनुहोस् र सम्पूर्ण शरीरलाई माथितिर तनक्क तन्काउनुहोस् ।
  • आँखाको दृष्टि हत्केलामा राख्नुहोस् ।
  • केही समय यही अवस्थामा रहेर बिस्तारै स्वास छोड्दै पूर्व अवस्थामा आउनुहोस् ।

लाभ

  • ताडासनले शरीरको बनावटमा सुधार गर्दछ । 
  • घुँडा र जाँघको एडीलाई मजबुत बनाउँछ । 
  • सम्पूर्ण शरीरको तनाव र दुखाईबाट छुटकारा मिल्दछ । 
  • शरीरको लम्बाई बढाउन मद्दत गर्दछ । 

सावधानी

  • यो आसन शिरमा दुखाई, अनिन्द्रा र रक्तचापको बिरामीले योग्य शिक्षकको निगरानीमा मात्र गर्नुपर्दछ ।