सर्वाेपेता च तद्दर्शनात्

वेदान्त दर्शन ब्रह्मसूत्र

सर्वाेपेता च तद्दर्शनात् ।।२।१।३०।। 

च – यसको शिवाय, त्यो परा देवता (परब्रह्म परमेश्वर)
सर्वेपेता – सबै शक्तिहरुले सम्पन्न
तद्दर्शनात् – किनकी श्रुतिको वर्णनमा यस्तै देखिन्छ ।

व्याख्या –  परमात्मा सबै शक्तिहरुले सम्पन्न हुनुहुन्छ, यस्तो कुरा वेदमा ठाउँ–ठाउँमा भनिएको छ । जस्तै – 
सत्यसंकल्प आकाशात्मा सर्वकर्मा सर्वकामः सर्वगन्धः सर्वरसः सर्वमिदमभ्यात्तोऽवाक्यनादरः । (छा.उ. ३।१४।२) 
अर्थातः
‘त्यो ब्रह्म सत्यसंकल्प, आकाशस्वरुप, सर्वकर्मा, सर्वकाम, सर्वगन्ध, सर्वरस, समस्त जगत्को सबै वस्तुहरुमा व्याप्त, वाणीरहित र मानरहित छ ।’

यः सर्वज्ञः सर्वविद्यस्य ज्ञानमयं तपः ।
तस्मादेतद् ब्रह्म नाम रुपमन्नं च जायते
।। (मु.उ. १।१।९)

जो सर्वज्ञ, सबैलाई जान्नेवाला छ, जसको ज्ञानमय तप छ, त्यही परमेश्वरबाट नै यो विराट–रुप जगत्, नाम, रुप तथा अन्न उत्पन्न हुन्छ । तथा त्यही परब्रह्मको शासनमा सूर्य–चन्द्रमा आदिको दृढतापूर्वक स्थित रहेको छ । त्यसबाट ज्ञान, बल र क्रियारुप नाना प्रकारका स्वाभाविक शक्तिहरु हुनु, जगत्को कारणको अनुसन्धान गर्ने महर्षिहरुद्वारा त्यस परमात्माको आत्मभूता शक्तिको दर्शन गर्नु, इत्यादि प्रकारले परब्रह्मको शक्तिको सूचित गर्ने धेरै वचन वेदमा पाईन्छ । अनेक विचित्र शक्तिहरुले सम्पन्न भएका कारण त्यस परब्रह्म परमात्माबाट यस विचित्र जगत् उत्पन्न हुनु अयुक्त छैन । श्रुतिहरुमा ब्रह्मलाई अवयवरहित बताईएको छ, त्यो ब्रह्मको स्वरुपको अखण्डता बताउनको लागि हो, ब्रह्मको शक्तिरुप अंशको निषेधमा त्यसको अभिप्राय होईन । त्यसैले परमात्मा नै यस जगत्को कारण हुन्, यो जान्नु नै उचित हुन्छ ।