अध्याय २ श्लाेक ४७ भगवद् गीता

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।

अर्थातः

कर्मफलको आशा नगरी कर्म गर किनकी कर्म गर्नु तिम्रो अधिकार हो, कर्मफल भोग्न आत्तुर नहोउ ।

यस श्लोकमा भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ – ‘तिमीलाई मनुष्य शरीर प्राप्त भएपछि शास्त्र निर्देशित कर्म गर्नमा स्वतन्त्रता छ । यस अधिकारलाई सदुपयोग गरेर तिमीले फलमा अनासक्त नभईकन कर्म गर्नुपर्दछ । त्यस्तै तिमीले कर्मलाई त्याग गर्ने चेष्टा पनि गर्नुहुँदैन किनकी कोही पनि व्यक्ति कर्म नगरीकन रहन सक्दैन । त्यस्तो अवस्थामा झन् अधिकारको दुरुपयोग भएर मनको वशमा परी शास्त्र निषेधित कर्म हुन जान्छ । यदि तिमी फलमा आसक्त भयौ भने तिम्रो कर्ममा ध्यान विचलित हुन्छ र तिमीलाई लक्ष्यमा पुग्न गाह्रो हुन्छ । जन्मजन्मान्तरदेखि बन्दै आएको संस्कारका कारण तिमीले फललाई परमात्माको शरणमा छोडिदिनुपर्छ । त्यसैले तिमी केवल कर्म मात्र गर, फलमा आसक्त नहोऊ र कर्म नगर्ने पनि नसोच र सम्पूर्ण फलको अधिकार परमात्मामा भएको निश्चय गरेर आफ्नो लक्ष्यमा अगाडि बढ्दा नै तिमी कर्म बन्धनबाट मुक्ति पाउँछौ र लक्ष्यमा पुग्न सक्छौ ।’