हनुमान चालिसा

 

 

हनुमान चालिसा नेपाली अनुवाद 

 

श्री हनुमान चालिसा

 

रामनाथ हृदयमा राखी,

बोलन श्री जय जय राम। 

भज राम नाम हर घडी,

परम पद सुख धाम। 

मन दर्पणको मनमा बस,

मन रमणी भै शान्ति भरी। 

मन निश्चल रहोस सदा,

शरणमा छु घडीघरि। 

मनको सब क्लेश हटोस्,

भैरहोस प्रभुकै ध्यान। 

बल बुद्धि विद्या देऊ,

देऊ सदागुण ज्ञान। 

 

।। चौपाई।। 

 

जय हनुमान ज्ञानगुण भारी।      

जय कपीश तिनैलोक पुजारी।। 

रामदुत अतुलित बल धारी।      

अञ्जनि पुत्र अमर वट भारी।। 

अमल प्रतापी बल बज्रंगी।        

कपिवर सदा सुमति कै संगी।। 

कन्चन वर्ण विमल तन भेष।      

कानमा कुण्डल घुघुरु केश।। 

काँधमा जनै पिताम्बर धारी।      

देऊ सबको भयदु:ख टारी।। 

शंकर सुवन केशरी नन्दन।       

सुख, यश दिने दाता दुख भंजन।। 

विद्यावान गुणी गुण धेरै।           

बन्धन छुट्छन् जपे नाम सबेरै।। 

लक्ष्मण जानकी रघुवर लाई।     

राख्ने मनमा गुणहरु गाई।। 

सानुरूप गरि सीतानेर आयौ।    

राम लक्ष्मणको खबर बतायौ।। 

विकट रुप धरी असुर हटायौ।    

लंकापुरी पोली भस्म गरायौ।। 

भीम रुप गरी निशाचर मार्यौ।     

राक्षसहरुमा खलबल पार्यौ।। 

रामचन्द्रको काम बनाई।           

कपिवर आयौ बहुत रमाई।। 

संजीवनी बुटी गैकन ल्यायौ।      

लक्ष्मणजीको ज्यान बचायौ।। 

हर्षित हुनुभई हृदय लगाई।       

गद् गद् भईकन नेत्र रसाई । 

गर्नुभयो प्रभुले खुब बढाई।       

भन्नुभयो प्रेमसित गला लगाई।। 

शेष नाग तिम्रो जय जस गाउन।  

भक्ति र ज्ञान सबले पाउन।।  

मुनिगण सुरगण अनि नारदादि ।  

यम कुबेर दिकपाल सनकादि।। 

को कवि सक्दछ स्तुति गुण गाई।  

दु:ख भन्जन सुख यश दायी।। 

गरी उपकार सुग्रिवजी लाई।        

राज दिलायौ पति राम मिलाई।। 

तिम्रो अर्ति विभिषणले माने।         

लंकेश्वर भए सब जगले जाने।। 

सहस्र युग रवि फलझैं मानी।        

बालकपनमा सुरु गर्यौ खानी।। 

अन्धकार भयिभयो ठुलो त्रास।      

रविदीन किरण मुखमा ग्रास।। 

ब्रह्मा विष्णु महेश सबै देवता आए। 

 जय कपीश भनी ज्ञान गुण गाए।। 

छाड्यौ तम भए रवि उजियाला।      

भक्त उपर सदा प्रतिपाला।। 

रघुपतिको औंठी मुखमा राखी।      

तर्यौ सागर लंकापुरमा ताकी।। 

दुर्गम काम जगतको सारा।          

अनुग्रह तिम्रो सुगम सहारा।। 

रामको द्वारी तिमी रखवारी।         

नित्यै बस्ने पाउ मुसारी।।

जो परी तिम्रा शरणमा आयो।       

उसले जगमा सुखहरु पायो।। 

अतुलित तेज महाबल धारी।         

तीनै लोक काँपै भय सुनी भारी।। 

भूत पिशाच सब पर भाग्छन ।     

कपिका नाम भन्न जो लाग्छन ।। 

जपे हनुमान छुट्छन् सब रॊग।     

जीवनमा पाए अनेकन भोग।। 

हे हनुमान ! संकटदेखि छुटाई।    

पार गरिदिनुस दु:ख ताप हटाई।। 

राम तपस्वी धीर चतुराई।            

यश गुण गाई प्रभु रघुराई।। 

जो जन तिम्रो महिमा गायो।         

धनजन मिलिकन गति सुख पायो।। 

चारै युग भरिभरि पुर नाम।          

नित्य छ नाम तीनैलोक तमाम।। 

साधु सन्तहरुका तिमी रखवारी।   

भक्त्तजन प्रति पर हितकारी।। 

अष्ट सिद्धि नवनिधिका दाता।       

अतिप्रिय मान्छिन जानकी माता।। 

रघुकुल मणि दीप प्रकाशा।         

वरदान यति दिनुभो जानकी माता।। 

जो जन तिम्रो महिमा गाऊला।      

मिलीदर्शन प्रभुको पद पाऊला।। 

अन्तकाल रघुपुर माहाँ।               

बस्ला भक्त बनिकन ताहाँ।। 

सुख-समृद्धि अपरिमित मेवा।       

पाउला उसले जग-सुख पेवा।। 

संकट हर्ने, भर प्रभुमा पर्ने।         

भक्ति र ज्ञान प्रभुमा धर्ने ।। 

जय जय हनुमान दयालु।           

राखे दयागरी राम कृपालु।। 

जो पढी लेलान् हनुमान चालिसा। रहने छैनन् सब दु:ख क्लेशा ।। 

 

।। दोहा।। 

 

पवन तनय, मंगलमुर्ति, रुप मनोहर, संकट हरण गर । 

हृदयमा बसुन गौरी शिव लक्ष्मण राम जानकी वर।। 

मन गुरु चरणमा लागीरहोस, प्रभुपद-पदमा ध्यान। 

सीतारामजी-लक्ष्मण, वर पाउँ सदा गुण ज्ञान।। 

 

सियावर रामचन्द्र की जय ! पवनसुत हनुमान की जय।।  

।। इति हनुमान चालिसा नेपाली भाषामा सम्पूर्ण।।