अक्रोध

अक्रोध: क्रोधको अनुपस्थिति।

पाशुपत योगका अनुसार अक्रोध दश यममध्ये एक हो। क्रोधका चार प्रकार हुन्छन् – भावलक्षण क्रोध, कर्मलक्षण क्रोध, उत्तेजनात्मक क्रोध र उद्वेग क्रोध। भावलक्षण क्रोधमा ईर्ष्या, घृणा, क्रोध, अभिमान आदि मानसिक भावनाहरू उत्पन्न हुन्छन्। कर्मलक्षण क्रोधमा कलह, शत्रुता, झगडा आदि जस्ता कलहपूर्ण कार्यहरू पर्दछन्। उत्तेजनात्मक क्राेधमा शरीरका अंगहरू जस्तै हात, खुट्टा आदिमा क्षति पुग्छ र उद्वेग क्रोधको अवस्थामा कसैको ज्यान वा शत्रुको हानि हुन्छ।  क्रोधलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानिन्छ। जसका कारण मानिसको हरेक वचन र हरेक कर्म प्रभावहीन हुन्छ । पाशुपत दर्शनमा अक्रोध नामक यमको अवश्य अनुसरण गर्नुपर्छ। त्यसैले पाशुपत दर्शनमा यी चार प्रकारका क्रोधलाई पूर्ण रूपमा निषेध गरिएको छ। 

(पाशुपत शैव दर्शन)