आज्ञा चक्र

आज्ञा चक्र

मानवदेहको दुवै भौँहरुका बीचमा श्वेतवर्ण द्विदल विशिष्ट आज्ञा चक्र विद्यमान छ । आज्ञाको अर्थ आदेश वा निर्देशन हुन्छ ।   

यो चक्र गाढा निलो वर्णको र दुई दल विशिष्ट छ जसका दुई पाँखुरीहरुमा हं र क्षं वर्णहरु अवस्थित छन् । यस पद्मका कर्णिका भित्र शरत्का चन्द्रजस्तो निर्मल श्वेतवर्ण त्रिकोण मण्डल विद्यमान छ । त्रिकोणका तीन कोणमा सत्य, रज र तम तीन गुण अवस्थित छन् । त्रिकोणका बीचमा ॐ विद्यमान छ । यहाँ श्वेतवर्णा द्वादशभुजा हाकिनी शक्ति विराजमान हुनुहुन्छ ।     

आज्ञा चक्रलाई ज्ञान पद्य वा तेस्रो नेत्र पनि भनिन्छ । परमशिव यहाँको अधिष्ठाता हुनुहुन्छ । उहाँको शक्ति इच्छा हुनुहुन्छ ।  यहाँ प्रदीप्त शिखा रुपिणी आत्मज्योतिको जुन दर्शन हुन्छ, त्यही आत्म प्रतिबिम्ब हो । 
योग्य गुरुको सान्निध्यमा यस चक्रमा ध्यान गर्दा सत्, चित र आनन्द शक्तिको अनुभव हुन्छ भने अनुभवहीन गुरुको निर्देशनमा यस चक्रमा साधना गर्दा लाभभन्दा हानी बढी हुने हुनाले यस चक्रको साधना गर्दा विशेष सावधानी अपनाउनु पर्दछ ।