इन्दिरा एकादशी

इन्दिरा एकादशी 

इन्दिरा एकादशी आश्विन महिनाको कृष्ण पक्षमा पर्दछ। यसदिनमा भगवान विष्णुको स्वरुप शालिग्रामलाई पञ्चामृतले नुहाएर व्रत गरेर पूजा गरिन्छ। यो एकादशी सोह्र श्राद्धभित्र पर्ने हुनाले यस दिन व्रत गर्नाले पितृको उद्धार हुन्छ भन्ने मान्यता छ। 

व्रत कथा 
सत्य युगमा महिष्मति नामको एउटा राज्यमा इन्द्रसेन नामका एक प्रतापी राजा थिए।  उनी भगवान विष्णुका परम भक्त थिए। उनले धर्मपूर्वक राज्यमा शासन गरेका थिए। एकदिन राजा आफ्नो सभामा सुखपूर्वक बसिरहनुभएको बेलामा महर्षि नारद उनको सभामा आए। राजाले महर्षिलाई सम्मान साथ आफ्नो सभामा राखे। महर्षिले राज्यको स्थिति सोध्नुभयो। ऋषिको प्रश्नपछि राजाले महर्षि तपाईंको कृपाले अहिलेसम्म सबै कुशल छ, तपाईं आज मेरो सभामा आउनुको कारण विन्ती गर्नुहोसु भने। त्यसपछि महर्षिले राजासँग आश्चर्यको कुरा गरे। राजन म एकचोटी ब्रह्मलोकबाट यमलोकमा गएको थिएँ, त्यहाँ मैले तिम्रो बुवालाई देखेुं। राजा पनि यो कुरा सुनेर चकित र दुखित भए। उनले उनको बुवा यमलोकमा जानुको कारण सोधे। महर्षिले भन्नुभयो तिम्रो बुवाले इन्दिरा एकादशीको व्रत  गर्दा नियमपूर्वक नगरेको हुनाले उनी यमलोकमा पुगेका हुन्।  यदि तिमीले आफ्नो बुवाको लागि इन्दिरा एकादशीको व्रत नियमपूर्वक गर्यौ भने उनी स्वर्गलोक पुग्नेछनु।  राजाले महर्षिसँग इन्दिरा एकादशीको व्रत नियम बताइदिन भने।  

महर्षिले भन्नुभयो तिमी शालिग्रामको मूर्तिलाई अगाडि राखेर विधिपूर्वक श्राद्ध गरेर योग्य ब्राह्मणहरुलाई फलाहार भोजन गराएर दक्षिणा दिनुपर्छ। श्राद्धमा बचेको चोखो खाना गाईलाई दिनुपर्छ। धूप, दीप, फलफूल, आदि सामाग्रीले ऋषिकेश भगवानको पूजा गर्नुपर्दछ। राति जागरण बसेर द्वादशीको दिन बिहान भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराउनुपर्छ। घर परिवारले पनि मौन भएर भोजन गर्नुपर्दछ। यो विधिबाट तिमी अल्छी नगरी इन्दिरा एकादशीको व्रत गर्दछौ भने तिम्रो बुवा स्वर्गलोक जानुहुनेछु।  


राजाले महर्षिले भने अनुरुप इन्दिरा एकादशीको व्रत गरे र त्यो व्रतको प्राभावले गर्दा राजाका बुवा गरुढ़ चढेर विष्णुलोक पुगे। 

यस इन्दिरा एकादशीको व्रत गर्नाले मानिसले सबै पापबाट छुटकारा पाउँछ र पितृले पनि राम्रो लोक प्राप्त गर्दछन्।