अध्याय २ श्लाेक ५८ भगवद् गीता

यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वश: |
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।२।५८।।

अर्थातः

जसरी आपतकालमा कछुवाले आफ्ना अङ्गप्रत्यङ्गहरु समेटेर सुरक्षित रहन्छ त्यसैगरी जसले इन्द्रियहरुका विषयहरुलाई तिरस्कार गरेर रहन्छन्, तिनीहरु स्थिरप्रज्ञ हुन् ।

सबै इन्द्रियको वृत्तिहरुलाई इन्द्रियका सबै भोगबाट हटाउनु, कुनै पनि इन्द्रियलाई कुनै पनि भोगतर्फ आकर्षित हुन नदिनु तथा ती इन्द्रियसँग मन र बुद्धिलाई विचलित गराउन सक्ने सामथ्र्य हुन नदिनु नै कछुवाले सबै अंगलाई सबै दिशाबाट संकुचित गरेर स्थिर भएजस्तै स्थिर हुनु हो । यसरी इन्द्रियलाई रोक्दा पनि साधारण पुरुषको भने सपनामा र मनोराज्यमा इन्द्रियहरुले सूक्ष्म विषयद्वारा उपभोग गरिरहन्छन् । यहाँ ‘सर्वशः’ शब्द प्रयोग गरेर भगवानले इन्द्रियहरुलाई सपनामा वा मनोराज्यमा पनि विषय भोगबाट हटाउनुपर्छ र त्यसो गर्नाले साधकको बुद्धि स्थिर हुन्छ भनी भन्नुभएको छ ।