अध्याय २ श्लाेक २० भगवद् गीता

न जायते म्रियते वा कदाचि नायं भूत्वा भविता वा न भूय: ।
अजो नित्य: शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे
।।२।२०।।

अर्थातः

यो आत्मा न कहिले जन्मन्छ न मर्छ । यो कहिले उत्पन्न हुने कहिले नहुने पनि होइन । यो अजन्मा, नित्य, शाश्वत सनातन छ । शरीर नाश हुँदा यस आत्माको नाश हुँदैन । 

यस श्लोकमा भगवान्ले आत्मामा उत्पत्ति आदि ६ विकारहरुको अभाव छ भनी भन्नुभएको छ । उत्पत्ति (जन्मनु), अस्तित्व (उत्पन्न भएर सत्तामा रहनु), वृद्धि (बढ्नु), विपरिणाम (रुपान्तरित हुनु), अपक्षय (क्षय हुनु वा घट्नु) र विनाश (मर्नु) यी ६ विकारहरुहरु हुन् । भगवानले ‘अजः’ अर्थात ‘अजन्मा’ भनेर ‘उत्पत्ति’ रुप विकारको अभाव बताउनुभएको छ । ‘अयं भूत्वा भूयः न भविता’ अर्थात ‘जन्म लिएर फेरि सत्तामा रहँदैन’ भनेर ‘अस्तित्व’ रुप विकारको अभाव तथा ‘पुराण’ अर्थात ‘चिरकालीन र सधैँ एकनाश रहने’ भनेर ‘वृद्धि’ रुप विकारको अभाव, ‘शाश्वत’ अर्थात ‘सधैँ एकरुपमा स्थित रहनेवाला’ भनेर ‘विपरिणाम’ रुप विकारको अभाव, ‘नित्य’ अर्थात ‘अखण्ड सत्तावाला’ भनेर ‘क्षेय’ रुप विकारको अभाव र ‘शरीरे हन्यमाने न हन्यते’ अर्थात ‘शरीरको नाश हुँदा यसको नाश हुँदैन’ भनेर ‘विनाश’ रुप विकारको अभाव बताउनुभएको छ ।