पापांकुषा एकादशी

पापांकुषा एकादशी 

आश्विन महिनाको शुक्ल पक्षको एकादशी तिथिलाई पापांकुशा एकादशी भनिन्छ। यो एकादशी विजया दशमीको भोलिपल्ट पर्दछ। पापहरुको नाश गर्ने एकादशी भएको हुनाले यसलाई पापांकुषा एकादशी  भनिन्छ। 

व्रतकथा 
प्राचीन समयमा विन्ध्य पर्वतमा क्रोधन नामको एक शिकारी बस्दथ्यो। त्यो शिकारी एकदम क्रूर थियो। उसको जीवन नकारात्मक कार्य गर्नमा बितेको थियो। उसले जीवनमा धेरै पाप कर्म गरेको थियो। हत्या, हिँसा, लुटपाट, गलत संगत आदि उसको लागि सामान्य कुरा थिए। जब उसको जीवनको अन्तिम समय आयो, तब एकदिन अगाडि यमराजको दुत आएर उसलाई तिम्रो अन्तिम दिन नजिकै छ, तिमीलाई म लिन छिट्टै आउंछु भने। 

आफ्नो जीवनको अन्तिम दिन नजिकै छ भन्ने थाहा पाएपछि शिकारी धेरै डरायो। ऊ महर्षि अंगिरा ऋषिको आश्रममा गयो र ऋषिको पाउमा ढोगेर 'हे ऋषि १ मैले जीवनमा धेरै पाप कर्म गरेको छु, म माथि कृपा गरेर यो पापको दोष मेटाउने उपाए बताइदिनुहोस् र मोक्ष प्राप्त गर्ने बाटो लगाइदिनुहोसु भनेर प्रार्थना गर्यो। उसको कुरा सुनेर ऋषिले उसलाई आश्विन महिनाको शुक्ल पक्षको एकादशीको विधिपूर्वक व्रत गर्न भन्नुभयो ।
 
ऋषि अंगिराले भने अनुसार शिकारीले पापांकुश एकादशीको व्रत गर्यो र सबै पापबाट छुटकारा पाएर उसले मोक्ष प्राप्त गर्यो। 

यस एकादशीको व्रत गर्नाले मानिसले धन, स्वर्ग, मोक्ष, आरोग्यता प्राप्त गर्दछ।