अन्तःकरण

अन्तःकरण

करण (इन्द्रिय) दुई प्रकारको मानिएको छ – बाह्यकरण र अन्तःकरण । जसको विषय बाह्य वस्तु हो, त्यो अन्तःकरण हो । बाह्य विषय रुपादियुक्त एवं विस्तारयुक्त हुन्छ । बाह्य विषयसँग सम्बन्धित स्मृति–कल्पना–चिन्तनादि गर्नु अन्तःकरण्को व्यापार हो । सांख्य, योग तथा अरु धेरै शास्त्रहरुमा अन्तःकरण त्रिविध मानिएको छ – मन, बुद्धि तथा अहंकार । कुनै कुनै सप्रदायमा भने चित्तलाई पनि अन्तःकरण मानिएको छ, कसैको यो पनि मत छ कि अन्तःकरण एक हो, विषयको भेदले यसलाई तीन वा चार भागमा विभाजन गरिएको हो । सबैभन्दा उच्च अन्तःकरण बुद्धि हो । सबै बाह्यकरण तथा मन एवं अहंकार बुद्धिलाई विषय–समर्पण गर्दछन् । अन्तःकरणको चिन्तन प्रकृयालाई छ भागमा विभाजन गरिएको छः 
१) ग्रहणः वस्तु–स्वरुप ग्रहण
२) धारणः वस्तु–विषयक स्मृति वा चिन्तन
३) ऊहः वस्तुगत विषयलाई जान्नु
४) अपोहः समारोपित गुणलाई विचारपूर्वक निराकरण गर्नु
५) तत्वज्ञानः ऊहापोहद्वारा विषय–स्वरुप विचार 
६) अभिनिवेशः विषयको उपादेहता–हेयता सम्बन्धित विचार 

(सांख्य योग दर्शन अनुसार)