तीनको महत्व

तीनको महत्व

तीन छन् बन्धन जगतका – राग, द्वेष, अभिमान । 
तीन छन् साधन मुक्तिका – श्रद्धा, निष्ठा, ज्ञान ।। 


यस सृष्टिमा तीनको सङ्ख्या धेरै महत्वपूर्ण छ । ब्रह्मा, विष्णु, महेश तीन देवता मुख्य छन् । तीन देवी छन्, तीन लोक छन्, गंगा, यमुना, सरस्वती तीन नदी मुख्य छन्, परब्रह्मका तीन विशेषताहरु छन्, सत्–चित्–आनन्द । त्यसलाई प्राप्त गर्नलाई ऋषिहरुले तीन शुत्र भनेका छन् ज्ञान, कर्म र भक्ति । त्रेता युगमा तीन असुर थिए, रावण, कुम्भकर्ण, मेघनाथ । द्वापरका तीन असुर थिए कंस, जरासंध र शिशुपाल । कलियुगका तीन राक्षस छन् अज्ञान, अभाव, अनीति । त्रिपुरासुरलाई मार्नको निमित्त भगवान शंकरले त्रिशूल उठाउनुभएको थियो, त्यसै प्रकार यी राक्षसहरुलाई मार्नलाई ज्ञान, कर्म तथा भक्तिको गंगा बगाउनुपर्छ । सृष्टिमा दुई वस्तु मिलेपछि तेस्रो वस्तुको निर्माण हुन्छ । जसरी दिन र रात्रि मिलेर संध्या हुन्छ, रात्रिको समाप्ति र सूर्योदयको मिलनबाट उषा समय हुन्छ, यसै प्रकार जीव पनि परब्रह्म परमात्मा तथा पञ्च भौतिक प्रकृतिको सम्मिश्रणको रुप हो । सृष्टिको यस व्यवस्थाको अनुसार चेतना जगत्मा सत् चित् आनन्द रुपी ब्रह्मको विशेषताहरु ज्ञान, कर्म र भक्तिको रुपमा दृष्टिगोचर हुन्छन् । यी तीन एक अर्को विना अधुरो छन् । 

ज्ञान, कर्म र भक्तिबाट बन्छ संगम सुखधाम । 
यी तीनको मिलनबाट मिल्दछ मुक्तिधाम ।।

(प्रज्ञा पुराण)