जसको शक्ति उसको भक्ति

(यो वार्तालाप श्रील प्रभुपाद र उहाँका शिष्यका बीच सन् १९७४को ग्रीष्म ऋतुमा फ्रान्सको पेरिसमा भएको थियो ।)

भक्त: गत रात्री हजुरले प्रवचनमा ईश्वरको नियम नमान्नेहरुले देशको कानून नमान्नेहरुले सजाय भोगझैँ सजाय भोग्नुपर्छ भन्ने तुलनात्मक चर्चा गर्नुभएको थियो । श्रोता युवकवर्गले हजुरलाई यो तानाशाही हो भन्ने लाञ्छना लगाए । 

श्रील प्रभुपाद: यही भईरहेको छ, संसारभरि । यसलाई इन्कार गर्न कसरी सक्छन् ? आजको सरकार ‘जसको शक्ति उसको भक्ति’ भन्ने नीतिमा आधारित छ । जसरी तसरी शक्ति हातमा लिन सकियो भने साँचो हुन, सत्य हुन सकिन्छ । खाली कुन समूहले शक्ति हातमा लिन्छ भन्ने मात्र हो । 

शिष्यः तर तिनीहरुले शक्ति जनतालाई दिन चाहन्छन् । 

श्रील प्रभुपादः यो कसरी सम्भव हुन सक्छ ? देशमा धेरै मान्छे हुन्छन् र सबैका आ–आफ्ना विचार हुन्छन् । तिमीसँग तिम्रा मान्छे छन्, अरुसँग उनका मान्छे छन् । तिम्रा मान्छेलाई शक्ति दिन चाहने बित्तिकै अर्का थरिले रोक लगाउँछन् । मनुष्यको स्वभाव नै यस्तो छ । यसलाई परिवर्तन गर्न सकिँदैन । शक्ति जनताको हातमा दिए राम्रो हुन्छ भन्ने सोचेका छन् । तर अरु अनेक व्यक्ति यसमा मञ्जुर हुँदैनन् । भौतिक संसारको स्वभाव नै यस्तो छ – एक अर्का प्रति ईर्ष्या भाव हुनु । तर यी मूर्खहरुको यो बुझ्न सक्ने बुद्धि छैन । भारतमा गान्धी भन्ने व्यक्ति थिए । उनी अति सज्जन थिए । साथै कुशल राजनीतिज्ञ पनि । तर उनको हत्या भयो । त्यसैले यसलाई रोक्न सकिँदैन । भौतिक संसारको स्वभाव नै यस्तो छ – इष्र्या भाव । सांसारिक व्यक्तिको अति उत्तम समूह पाउन मुश्किल पर्छ । अनि फेरि किन भन्छन् जनतालाई शक्ति देऊ भनेर ? ती खाली मूर्ख बदमाश हुन् । 
त्यसकारण श्रीमद् भागवतमा भनिएको छ – ‘परमो निर्मत्सराणांसताम्’ अर्थात भक्ति उत्तम इष्र्या रहित व्यक्तिको निमित्त हो । कृष्ण भक्तिमा नलागेमा व्यक्ति इष्र्यालु हुन्छन् नै । जहाँतहीँ प्रतिस्पर्धा चलिरहेको छ । श्रीकृष्णका पनि शत्रु थिए । यो भौतिक संसार हो । कोही उत्तम व्यक्ति भए पनि उसका शत्रु अवश्य नै हुन्छन् । यसलाई कसरी रोक्न सक्छौ ? तिनले भन्छन् – जनतालाई शक्ति देऊ । तर एक समूहले शासन चलाउन शुरु गर्ने बित्तिकै अर्काे समूह त्यसको विरोध गर्न थाल्दछ – ‘शक्ति हाम्रो समूहलाई देऊ ।’ हामी चलाउछौँ । खोई तिम्रो निपुणता ? यो निपुणता होइन । त्यसकारण हामीले यो भौतिक संसारसँगको सम्बन्धलाई पूर्णरुपले त्यागी दिनुपर्छ । 

शिष्यः यो भौतिक संसारलाई त्यागी दिने हो भने कसरी अराजकतालाई इन्कारी असल सरकारको आशा गर्न सकिन्छ ?

श्रील प्रभुपादः हो, यही त हो नि कुरो । निपुण श्रोतको अनुशरण गर्नुपर्छ । 

शिष्यः यही तिनीहरुको तर्क हो – हजुरले निपुण श्रोतको अनुशरण गर्न भन्नुहुन्छ । 

श्रील प्रभुपादः यदि तिमी आदर्श समाज चाहन्छौ भने निपुण स्रोतको अनुशरण गर्नैपर्छ । भौतिक राजनीतिद्वारा पूर्णता प्राप्त गर्न सकिँदैन । सच्चा, प्रसिद्ध निकाय, निपुण मुक्त पुरुषको अनुशरण गर्नुपर्दछ । वैदिक संस्कृतिमा यही पद्धति थियो । पूर्णता प्राप्त गर्न महाजन, सिद्ध, ज्ञानी पुरुषको अनुशरण गर्नुपर्दछ । 

शिष्यः तर यी युवकले आध्यात्मिक श्रोत अपूर्ण छ भन्छन् । 

श्रील प्रभुपादः तिनले भन्लान्, तर हामी किन तिनका विचार स्वीकार गर्नुपर्यो? बदमासहरुको विचार । तिनीहरुको आधिकारिक श्रोतको ज्ञान नै ‘जसको शक्ति उसको भक्ति’ हो । उदाहरणको लागि हिजो त्यो समूहले जनतालाई शक्ति देऊ भनी माग गरेको थियो । आज तिनले शक्ति पाएका छन् । त्यसैले जनतालाई दबाब दिएका छन् – यो विचारलाई स्वीकार्नैपर्छ भनी । संसारभरि यही भईरहेको छ – जसको शक्ति उसको भक्ति । सबै दुष्ट बदमासहरु आपसमा लडिरहेका छन् । अरु भन्दा अलि बलियो प्रख्यात बन्न पुग्छ । त्यही हो । 

शिष्यः तिनले भन्छन् – जुनसुकै आधिकारिक श्रोत पनि त्यस्तै हुन् । आधिकारिक श्रोतको पद ओगट्न पुगेका पनि तिनै नेता हुन् जसले आफूलाई अलि उकासेका हुन्छन्, जसो तसो । त्यसैले तिनीहरुले सबै निकायलाई अवहेलन गर्छन् । 

श्रील प्रभुपादः हो, तिनका सबै तथाकथित अधिकारीहरु अपूर्ण थिए । तर सिद्ध पुरुष अधिकारी पनि हुन्छन् – श्रीकृष्ण पूर्ण पुरुषोत्तम भगवान । श्रीकृष्णको सन्देशको अनुशरण र शिक्षा प्रदान गर्ने निकाय पनि पूर्ण हुन्छ । त्यो हो आधिकारिक निकाय । 
हामी भक्तिमा लागेका भक्तहरुले श्रीकृष्णको निकायको यथारुपमा अनुशरण गर्छाैँ । हामी श्रीकृष्णका वाणी प्रस्तुत गरी व्यक्तिहरुलाई विश्वास दिलाउन कोसिस गर्छाँै – ‘लौ पूर्ण वास्तविक आधिकारिक निकायको अनुशरण गर्यौ भने सुखी हुन्छौ ।’ श्रीकृष्ण भन्नुहुन्छ – ‘मेरो शरण लेऊ’ अनि हामी भन्छौ ‘श्रीकृष्णको शरण लेऊ’ हामी जान्दछौँ श्रीकृष्ण पूर्ण हुनुहुन्छ र उहाँको शरण लिनु नै जीवनको पूर्णता हो । अनि जब हामी आध्यात्मिक विषयमा बोल्छौँ अनि तुरुन्तै श्रीकृष्ण र श्रीकृष्णका प्रतिनिधिलाई सधैँ उद्धृत गर्छाैँ भनाईलाई  समर्थन गर्न । 

शिष्यः शरण लिने व्यक्तिलाई शरण माँग गर्ने व्यक्तिमा विश्वास हुनुपर्दैन र ?

श्रील प्रभुपादः हो, विश्वास हुनैपर्छ । त्यसकारण भगवद्गीतामा स्वयं आफू नै परमसत्य हुँ भनी सिद्ध गरिसकेपछि मात्र श्रीकृष्णले तिमीहरुलाई मेरो शरण लेऊ भनी माँग गर्नुहुन्छ । तर तिमीसँग बुद्धि हुनुपर्यो बुझ्नको निमित्त । लौ श्रीकृष्णले शरण माग्नुभएको छ, अनि तिमी शरण लेऊ । भगवद्गीताको सुरुमा नै श्रीकृष्णले मेरो शरण लेऊ भनेर भन्नुभएको छैन । सर्वप्रथम उहाँले सबै वर्णन गर्नुहुन्छ – शरीर, आत्मा, योगका प्रकार, विभिन्न प्रकारका ज्ञानका बारेमा । अनि बल्ल उहाँ अति रहस्यमय ज्ञान दिनुहुन्छ – ‘सबै कुरा त्यागी मेरो शरणमा आऊ ।’
यस भौतिक संसारमा कोही पूर्ण छैन । पूर्ण व्यक्तिमा शरण लिए बिना सबै अपूर्ण नै रहन्छन् । श्रीकृष्ण तथा उहाँका प्रतिनिधिका शरण लिएको व्यक्ति पूर्ण हुन्छ । तर पूर्ण आधिकारिक श्रोतको शरण नलिए पछि तिमी अपूर्ण बदमास नै रहन्छौ । तिमी नेपोलियन हौ वा कमिला नै । हामी खाली यही देख्न चाहन्छौँ तिमीले श्रीकृष्णको शरण लिएका छौ कि छैनौ । यदि छैनौ भने तिमी मूर्ख हौ, बदमास हौ, दुष्ट हौ । 
(ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादको शिष्य र अन्य प्रतिष्ठित व्यक्तिहरुसँगको वार्तालाप भएको पुस्तक ‘चुनौती’ बाट अनुवाद गरिएको)