अनाहत चक्र

अनाहत चक्र

मानवदेहको हृदयदेशमा अनाहत चक्र विद्यमान छ । अनाहतको अर्थ अनन्त वा शाश्वत हुन्छ । यस चक्रमा निर्बाध रुपमा अनाहत नाद गुञ्जिरहेको हुन्छ ।


यो चक्र हरियो वर्णको र बाह्र दल विशिष्ट छ जसका बाह्र पाँखुरीहरुमा कं, खं, गं, घं, ङं, चं, छं, जं, झं, ञं, टं र ठं वर्णहरु अवस्थित छन् । यस चक्रको सम्बन्ध चेतना र प्रकृतिसँग रहेको छ । यस पद्मका कर्णिकाभित्र धूम्रवर्ण वायुबीज यं विद्यमान छन् । वायु देवता कृष्णसारमा अधिष्ठित हुनुहुन्छ । यहाँ सर्वालङ्कारभूषिता, मुण्डमालाधरा, पीतवर्णा काकिनी शक्ति पनि विराजित हुनुहुन्छ । 

अनाहत चक्र सन्तुलित हुँदा आत्मप्रेम, शान्ति, सुव्यवस्था, स्पष्टता, शुद्धता, एकता, क्षमाभाव, अनुकंपा, उदारता, करुणा, दया, सम्मान, सौहार्दता, परमानन्द आदि गुणहरु विकसित हुन्छन् भने असन्तुलित हुँदा द्वेष, घृणा, ईष्र्या आदि अवगुणहरुले व्यक्ति दुःखी हुन्छ । ध्यान, जपका साथसाथै यस चक्रलाई संतुलित राख्नको निमित्त भुजगांसन, उष्ट्रासन, सुप्तबद्ध कोणासन, मत्स्यासन आदि आसनहरु गर्न सकिन्छ ।