श्री गुरु पादुका पंचकम्

श्री गुरु पादुका पंचकम्

ॐ नमो गुरुभ्यो गुरुपादुकाभ्यो 
नमः परेभ्यः परपादुकाभ्यः ।।
आचार्य सिद्धेश्वर पादुकाभ्यो
नमो नमः श्री गुरु पादुकाभ्यः ।।१।।

म सबै गुरुहरुलाई नमन गर्दछु, गुरु पादुकामा नमन गर्दछु, परमगुरुलाई नमन गर्दछु, परमगुरुको पादुकामा नमन गर्दछु, जो आचार्य पनि हुनुहुन्छ र सिद्धहरुको ईश्वर पनि हुनुहुन्छ उहाँलाई नमन गर्दछु, उहाँको पादुकामा पनि नमन गर्दछु । गुरु पादुकामा बारम्बार नमन गर्दछु । 

ऐँकार ह्रींकार रहस्य युक्ता
श्रींकार गुढार्थ महाविभुत्या 
ऊँकार मर्मं प्रतिपादिनीभ्यां
नमो नमः श्री गुरु पादुकाभ्यां ।।२।।

ऐँ कार ह्रीँ कारको रहस्यले युक्त, ऐँ बीज जसलाई मन्त्र वाणीको अधिष्ठाता मानिएको छ तथा सृष्टि रुप मानिएको छ, ह्रीँ बीज जसलाई मायाको अधिष्ठाता मानिएको छ, यी दुवै बीज मन्त्र शक्तिको रहस्यले युक्त एवम् श्रींकार महाविभूतिको गूँढ रहस्यले समन्वित एवं ॐकार को मर्मलाई प्रतिपादन गर्ने गुरु पादुकामा बारम्बार नमन गर्दछु । 

होत्राग्नि, हौत्राग्नि हविष्य होतृ
होमादि सर्वाकृति भासमानम् 
यद् ब्रह्म तद्वोध वितारिणीभ्यां
नमो नमः श्री गुरु पादुकाभ्यां ।।३।। 

होत्राग्नि (ब्रह्मशक्तिको यज्ञाग्नि रुप), हौत्राग्नि (यज्ञ गर्ने ऋत्विकको भित्र जुन ज्ञानाग्नि चेतन शक्ति छ) र हविष्य (हवन सामाग्रीमा जसमा ब्रह्म शक्ति निवास गर्दछ), होतृ (यजमानमा जुन चेतन शक्ति छ) र यज्ञ मण्डपमा जुन सजावटसहित ब्रह्म शक्तिको स्वरुप देखिन्छ, यसप्रकारको यज्ञको आयोजनामा जुन ब्रह्मको बोध हुन्छ, त्यस बोधलाई प्रकाश पार्ने गुरु पादुकामा बारम्बार नमन गर्दछु । 

कामादि सर्प व्रज गारुडाभ्यां 
विवेक वैराग्य निधि प्रदाभ्यां 
बोध प्रदाभ्यां द्रुत मोक्षदाभ्यां 
नमो नमः श्री गुरु पादुकाभ्यां ।।४।। 

काम, क्रोध, मोहादि सर्व समूहको लागि गारुडी विद्या (विष निवारण गर्ने विद्या) समान, विवेक, वैराग्यरुपी निधि प्रदान गर्ने, सबै किसिमका बोधलाई प्रकाश पार्ने, मोक्षदायिनी गुरु पादुकामा बारम्बार नमन गर्दछु । 

अनन्त संसार समुद्रतारं
नौकायिताभ्यां स्थिर भक्तिदाभ्यां 
जाड्याब्धि संशोषण बाडयाभ्यां
नमो नमः श्री गुरु पादुकाभ्यां 

अनन्त संसार सागर पार गर्नको निमित्त नौका समान, अविचल भक्ति प्रदान गर्ने, जडता (अज्ञान)रुपी समुद्रलाई अग्निरुप भएर सुकाउने गुरु पादुकामा बारम्बार नमन गर्दछु ।