अध्याय २ श्लाेक ५० भगवद् गीता

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते |
तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ।।५०।।

अर्थातः

समत्वबुद्धियोग भन्दा सकाम कर्म धेरै तल्लो स्तरको हो । त्यसैले बुद्धियोगलाई आधार मानेर तुच्छ फलाकांक्षालाई त्याग गर ।

समबुद्धियुक्त कर्मयोगी अन्तष्करणमा संचित रहेका पुण्यकर्म र पापकर्मलाई त्याग गरेर यस जन्ममा ती समस्त कर्महरुबाट मुक्त हुन्छ । निःस्वार्थ भावले लोकहितार्थ गरिएको कर्मले समस्त कर्मलाई नाश गर्दछ । यसप्रकार उसको क्रियामाण पुण्य तथा पापकर्मको पनि त्याग हुन्छ । किनकी पापकर्म त ऊद्वारा स्वरुपमा नै छुटिसकेको हुन्छ र शास्त्रविहित पुण्यकर्मको फलासक्तिमा त्याग हुनाले त्यो कर्म अकर्म बन्दछ । त्यसैले समबुद्धिले युक्त कर्म गर्ने मनुष्य बन्धनमा पर्दैन र सिद्धावस्थामा समत्वमा पूर्णरुपले स्थित हुन्छ ।