ब्रह्ममुहुर्त र लाभ

सूर्याेदयभन्दा ९६ मिनेट अगाडिको समयलाई ब्रह्ममुहुर्त भनिन्छ । 

सूर्याेदयभन्दा २ मुहुर्त अगाडिको समयलाई ब्रह्ममुहुर्त भनिन्छ । 

सूर्याेदयभन्दा ४ घडी अगाडिको समयलाई ब्रह्ममुहुर्त भनिन्छ । 

१ मुहुर्तको अवधि ४८ मिनेट हुन्छ भने १ घडीको समय २४ मिनेटको हुन्छ ।

ऋषिमुनिहरुले ब्रह्ममुहुर्तलाई विशेष महत्व दिएका छन् । यो समयमा निन्द्रा त्याग गर्नु अत्यन्त उत्तम मानिन्छ । ब्रह्ममुहुर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, लक्ष्मी, बुद्धि, स्वास्थ्य, आयुको वृद्धि हुन्छ । यस समय सम्पूर्ण वातावरणमा सकारात्मक उर्जा भरिएको हुन्छ र बिहान उठ्नाले त्यस उर्जा हाम्रो भित्री उर्जासँग मिल्दछ । जसले गर्दा मनमा स्वच्छ विचारहरु उत्पन्न हुन्छन् र कार्य गर्नको निमित्त उमंग र उत्साह संचार हुन्छ । सुविचारसहित कुनै कार्य गर्दा त्यस कार्यमा सफलता प्राप्त गर्ने संभावना अधिक हुन्छ । 

आयुर्वेद अनुसार ब्रह्ममुहुर्तमा उठेर हिँड्दा शरीरमा संजीवनी शक्ति सञ्चारित हुन्छ । त्यसैले यस समयमा बग्ने वायुलाई अमृततुल्य भनिएको छ । 

वैज्ञानिक खोज अनुसार ब्रह्म मुहुर्तमा अन्य समयभन्दा वातावरणमा प्रदुषण कम रहन्छ र अक्सिजनको मात्रा अत्यधिक हुन्छ । शुद्ध वायु प्राप्त हुँदा व्यक्तिको मन, मस्तिष्क स्वस्थ्य रही सजगताको बढ्दछ । 

ब्रह्ममुहुर्तलाई धार्मिक, पौराणिक तथा व्यवहारिक सबै तर्फबाट हेर्दा लाभदायक समय मानिन्छ ।