ब्रह्म हुँ भजन
ब्रह्म हुँ, ब्रह्म हुँ, ब्रह्म हुँ म ब्रह्म हुँ
शुद्ध हुँ, बुद्ध हुँ, मुक्त हुँ म शिव हुँ
न जलाउने आगो हुँ म न गलाउने पानी हुँ
न कटाउने शस्त्र हुँ म न छटाउने अस्त्र हुँ
भाव अभावभन्दा परको म भावातीत ब्रह्म हुँ ।।
न अत्ताउने दुःख हुँ म न मताउने सुख हुँ
न जगाउने मन्त्र हुँ म न मेटाउने तन्त्र हुँ
ज्ञान अज्ञानभन्दा परको म ज्ञानातित ब्रह्म हुँ ।।
न चलाउने मन हुँ म न फलाउने बुद्धि हुँ
न समाउने चित्त हुँ म न ढलाउने अहं हुँ
शून्य अशून्यभन्दा परको म शून्यातित ब्रह्म हुँ ।।
न फुलाउने शक्ति हुँ म न भुलाउने शब्द हुँ
न पलाउने आदि हुँ म न विलाउने अन्त्य हुँ
काल अकालभन्दा परको म कालातीत ब्रह्म हुँ ।।
ब्रह्म हुँ, ब्रह्म हुँ, ब्रह्म हुँ म ब्रह्म हुँ
शुद्ध हुँ, बुद्ध हुँ, मुक्त हुँ म शिव हुँ ।।
लेखन : कृष्ण खनाल
गायन : शिव परियार
संगीत : सूर्य दयालु
एरेन्ज : गोपाल रसईली