अध्याय २ श्लाेक ६२ भगवद् गीता

ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते |
सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजायते ।।२।६२।।

अर्थातः

जसले बारम्बार विषयहरुको चिन्तन गर्दछ त्यसको विषयमा आसक्ति बढ्छ । आसक्तिबाट कामनाको उत्पत्ति हुन्छ । कामना पूरा नभएमा क्राेधको उत्पन्न हुन्छ ।

जो मनुष्यको भोगमा सुख र रमणीय बुद्धि छ, उसले परमात्माको चिन्तन गर्दैन र यस्तो मनुष्यको परमात्मामा प्रेम र आश्रय नभएका कारण उसको मनले इन्द्रियका विषयमा चिन्तन गरिरहन्छ । यसरी विषयको चिन्तन गर्दागर्दै ती विषयहरुमा अत्यन्त आसक्ति हुन्छ । आसक्ति भएपछि अनेक कामना उत्पन्न हुन्छ । उसलाई मनमा अनेक भोग प्राप्त गर्ने अभिलाषा हुन्छ । ती भोग गर्ने कामनामा कहीँ कतै बाधा पर्यो भने उसमा द्वेष बुद्धि भएर क्रोध उत्पन्न हुन्छ ।