अध्याय ३ श्लाेक २७ भगवद् गीता

प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।
अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ॥ ३-२७॥

अर्थात्ः

प्रकृति गुणहरुका अधीनमा रहेर सर्वकर्म हुन्छन् । अहङ्कारले आलोकित व्यक्ति म नै कर्ता हुँ भनी नीचता देखाउँछ ।

प्रकृतिबाट उत्पन्न सत्व, रज र तम – यी तीन गुण नै बुद्धि, अहंकार, मन, आकाशादि पाँच सूक्ष्म महाभूत, श्रोत्रादि दश इन्द्रियहरु र शब्दादि पाँच विषयहरु – यी तेईस तत्वमा परिणत हुन्छन् । यी तेईस तत्वले आ–आफ्नो कर्म गर्छन् । विचार गर्ने हो भने यहाँ ‘म’ भन्ने तत्व नै हुँदैन । 
जसको अन्तःकरण अत्यन्त मोहित भएको छ, जसको विवेकशक्ति लुकेको छ र जसले आत्म–अनात्म वस्तुलाई यथार्थ विवेचन गरेर आफूलाई शरीरबाट भिन्न शुद्ध आत्मा वा परमात्माको अंश सम्झँदैन, यस्तो मुढ पुरुषले नै अहंकारको वशमा परेर ‘मैले गरेको’ भनेर सम्झन्छन् । यस श्लोकबाट भगवानले यो बताउनुभएको छ कि वास्तवमा आत्माको कर्मसँग केही सम्बन्ध हुँदैन तर अज्ञानी मनुष्य प्रकृतिका गुणहरुको कर्मलाई नजानी अहंकारमा मोहित भएर आफूलाई कर्ता सम्झन्छ र कर्मबन्धनमा परेर फल भोग्नको निमित्त बारम्बार जन्म–मृत्युरुपी संसारचक्रमा परिरहन्छ ।