विद्याको महत्व
शास्त्रमा विद्याको धेरै ठूलो महिमा बताईएको छ । श्रीभर्तृहरि भन्नुहुन्छ –
विद्या नाम नरस्य रुपमधिकं प्रच्छन्नगुप्तं धनं ।
विद्या भोगकरी यशःसुखकरी विद्या गुरुणां गुरुः ।।
विद्या बन्धुजनो विदेशगमने विद्या परा देवता ।
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।। (नीतिशतक १६)
विद्या नै मनुष्यको अधिक भन्दा अधिक रुप र ढाकिएको गुप्त धन हो, विद्या नै भोग, यश र सुख दिनेवाला हो तथा विद्या गुरुहरुको पनि गुरु हो । विदेशमा जाँदा पनि विद्या नै साथी समान सहायक हुन्छ । विद्या परा देवता हो । राजाहरु पनि विद्वानलाई पुज्दछन, धनलाई होइन । त्यसैले जो मनुष्यमा विद्या छैन, ऊ पशु समान हुन्छ ।
चाणक्यनीतिमा भनिएको छ –
कामधेनुगुणा विद्या ह्याकाले फलदायिनी ।
प्रवासे मातृसदृशी विद्या गुप्तं धनं स्मृतम् ।। (८/५)
अर्थातः विद्यामा कामधेनुको समान गुण छ, यो अकालमा पनि फल दिनेवाला हो, यो विद्या मनुष्यको गुप्त धन हो । विदेशमा विद्याले आमाको समान मद्दत गर्दछ ।
त्यस्तै विद्याको सम्बन्धमा लेखिएको छः
न चौरहार्यँ न च राजहार्यँ
न भ्रातृभाज्यं न च भारकारि ।
व्यये कृते वर्धत एव नित्यं
विद्याधनं सर्वधनप्रधानम् ।।
विद्यालाई चोर वा राजाले पनि लैजान सक्दैन । भाईहरु पनि एक अर्कामा बाँढ्न सक्दैनन् । विद्या भारि पनि हुँदैन तथा दान गर्दा पनि अथवा दास्रो व्यक्तिलाई दिँदा पनि विद्या झन् बढ्छ । त्यसैले विद्यारुपी धन सबै धनहरुमा प्रधान हुन्छ ।