अध्याय ४ श्लाेक ३७ भगवद् गीता
यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ॥ ४-३७॥
अर्थातः
जसरी धप धप बलेको अग्निले समिधाहरुलाई खरानी बनाउँछ, त्यस्तै प्रस्फुटित ज्ञानले सबै पापहरुलाई जलाएर खरानी बनाउँछ ।
हामी अज्ञानी हुँदा नै ज्ञान भईसकेको अवस्थाको कल्पना गर्छाैँ र हामीमा संशय उत्पन्न हुन्छ । सम्पूर्ण आशक्तिहरुको नाश हुन पनि सम्भव छ र जस्तो लाग्छ । सम्पूर्ण विषय वासनाहरुबाट निर्लिप्त हुन सम्भव छ र जस्तो लाग्छ । भगवानले यहाँ अग्नीको उदाहरण दिँदै भन्नुभएको छ कि जसरी खरानीमा काठको कुनै शेष बाँकी रहँदैन अर्थात खरानी भएपछि त्यो अवस्थामा खरानी के जलेर भएको हो छुट्टाउन सकिँदैन, त्यस्तै बोधी भएपछि पहिलेका कर्महरुको कुनै शेष रहँदैन । त्यो ज्ञानाग्नी यति प्रबल हुन्छ कि त्यसले संचित, प्रारब्ध र क्रियामाण कर्महरुलाई भष्म गरिदिन्छ । हामी यस्तो अवस्थामा पुग्छौँ जहाँ अन्धकार कोठामा दिपक जलेको अवस्था । पहिला कुन सामान कहाँ छ भनेर कल्पना गर्नुपथ्र्याे र छामछुम गरेर बडो कठिनताले पत्ता लाग्थ्यो तर अब सबै आँखाले छर्लङ्ग देखिएको छ । यस अवस्थामा हाम्रा सम्पूर्ण विषय वासनाहरु स्वतः नाश भईसकेका हुन्छन् । हाम्रा सम्पूर्ण आशक्तिहरु स्वतः नै प्रेममा रुपान्तरण भएका हुन्छन् । सम्पूर्ण कर्महरु अकर्ममा परिणत भएका हुन्छन् ।