बरुथिनी एकादशी

बरुथिनी एकादशी 

हिन्दु पञ्चाङ्ग अनुसार वैशाख महिनाको कृष्ण पक्षको एकादशी तिथिलाई बरुथिनी एकादशी भनिन्छ । यो एकादशी सौभाग्य दिनेवाला, सबै पाप नष्ट गर्नेवाला र अन्तमा मोक्ष दिनेवाला छ । 

प्राचीन समयमा नर्मदा नदीको तटमा मान्धाता नामका राजाले राज्य गर्दथे । ती राजा अत्यन्त दानशील र तपस्वी थिए । एकदिन जब उनी जंगलमा तपस्या गरिरहेका थिए, त्यहाँ एउटा जंगली भालु आयो र राजाको पैताला चबाउन थाल्यो । राजा भने आफ्नो तपस्यामा लीन भईरहे । पैताला चबाउँदै चबाउँदै भालुले राजालाई घचेटेर जंगलभित्र पुर्यायो ।  राजा धेरै डराए तर तपस्याको नियम अनुसार उनले रिस देखाएनन् र हिंसा पनि गरेनन् । उनले भगवान् विष्णुलाई प्रार्थना गरे । राजाको पुकार सुनेर भगवान विष्णु प्रकट हुनुभयो र आफ्नो चक्रले भालुलाई मार्नुभयो । 

राजाको पैताला भालुले खाइसकेको थियो । राजा निकै नै शोकमग्न भए । उनलाई दुःखी देखेर भगवान विष्णुले भन्नुभयो – ‘राजा ! दुःख नमान्नु, मथुरा गएर बरुथिनी एकादशीको व्रत गर्नु र मेरो वराह अवतारको मुर्तिको पूजा गर्नु । व्रतको प्रभावले गर्दा फेरी सुदृढ अंग हुन्छन् । तिम्रो पुर्व जन्मको अपराधको कारण भालुले तिम्रो अंग चबाएको हो । 

भगवानको आज्ञा मानेर राजा मान्धाताले मथुरा गएर श्रद्धापूर्वक वरुथिनी एकादशीको व्रत गरे । व्रतको प्रभावले राजा छिटै नै फेरी सुन्दर र सम्पूर्ण अंगवाला भए । यहि एकादशीको प्रभावले राजा मान्धाता स्वर्ग गएका थिए । 
 
जो व्यक्ति डरबाट पिडित छ, उसले वरुथिनी एकादशीको व्रत गरेर भगवान विष्णुलाई स्मरण गर्नुपर्छ । यो व्रतको कारण सबै पाप नाश भएर मोक्ष मिल्छ ।